• अहिले तरंगमाAaudhunik Songs {Latest}
  • आगामी कार्यक्रमThaha Khabar

समाचार

सुर्खेतदेखि नयाँदिल्लीसम्म बस सञ्चालन हुने

सुर्खेत बैशाख २९,
कर्णालीको राजधानी सुर्खेत देखी भारतको राजधानी सम्म सिधा बस सेवा सञ्चालन हुने भएको छ ।
सुर्खेतको मध्यपश्चिम बस व्यवसाय समितिले पहिलोपटक सुर्खेतदेखि भारतको नयाँदिल्ली सम्मका लागि सिधा रारा एसि बस सेवा सञ्चालन गर्न लागेको हो ।
समितिका सचिब नारायण चपाईले सो जानकारी दिनुभएको हो ।
उहाका अनुसार पहिलो पटक जेठ १८ गतेबाट सुर्खेतदेखि भारतको नयाँदिल्लीसम्मका लागि बस सञ्चालन हुनेछ ।
समितिले हप्ताको २ दिन आईतवार र बुधबार सुर्खेतबाट भारतको दिल्लीका लागि बस छुट्नेछ भने भारतको दिल्लीबाट मंगलबार र शुक्रबार बस छुट्ने समितिले जनाएको छ । यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवातजावत गर्ने यात्रुलाई सहजरुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गर्न थालेको चपाईले बताउनुभयो ।
सुर्खेत देखि रुपैडिया, बरेली, गाजियाबाद हुँदै भारतको राजधानी नयाँदिल्लीसम्मका लागि नेपाली रु दुई हजार चार सय रुपैयाँ भाडा तोकिएको ब्यबसायी दुर्गा ज्ञवालीले जानकारी दिनुभयो ।

Radio Pradesh