• अहिले तरंगमा
  • आगामी कार्यक्रमOpening Tune

समाचार

गुरिल्ला पदमार्ग शुरु हुदैै,जनयुद्धको आधारभूमी बन्ने भयो पर्यटकको गन्तव्य

 
 सुर्खेत बैशाख २९,नयाँ पदयात्राको सम्भावना खोजी गर्न नेपाल मगर पर्यटन समाजले गुरिल्ला पदमार्गमा एक्सपोजर भिजिटको आयोजना गरेको छ ।
तत्कालिन नेकपा माओवादीले १० वर्षे युद्ध सञ्चालन गर्दा आधार क्षेत्रको रुपमा प्रयोग गरेको रोल्पा, रुकुम, बाग्लुङ, म्याग्दी जिल्लालाई केन्द्रित गरेर नयाँ पदमार्गको खोजी गर्न थालिएको हो ।
समाजले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रवर्द्धनको अभावमा विकास हुन नसकेको गुरिल्ला पदमार्गको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने हिसाबले एक्सपोजर भिजिटको आयोजना गरिएको मगर पर्यटन समाजका अध्यक्ष अनुप थापामगरले जानकारी दिनुभयो ।
गुरिल्ला पदमार्गमा आयोजना गरिएको पदयात्राबारे जानकारी दिँदै समाजका प्रथम उपाध्यक्ष राजकुमार थापाले सांस्कृतिक, ऐतिहासिक, भौगोलिक ढंगकले गुरिल्ला पदमार्गको प्रशस्त सम्भावना रहेको बताउनुभयो ।
ट्रेकिङमा नयाँ प्रोडक्ट हुनसक्छ भनेर हामीले गुरिल्ला ट्रेलको सम्भावनाको खोजि गरेका हौं’, उहाले भन्नुभयो ‘यस पदमार्गमा माओवादी युद्धको बृहत् फेज आउछ ।’
यस भिजिटमा जेठ १२ गतेदेखि ९ दिनसम्म पदयात्रा गरिने छ । तर गुरिल्ला पदयात्रा भने १०, १५ दिन देखि एक वा दुई महिनासम्म गर्न सकिनेछ । पहिलो भिजिट भएकाले ९ दिनसम्म मात्र गरिने समाजले जनाएको छ ।
रोल्पाको जेल्वाङ, थवाङ, रुकुमको लुकुम, तकसेरा, बाग्लुङको नीसिभुजी, बुर्जाढोर हुँदै म्याग्दीको बेनीमा पुगेर पदयात्रा समापन हुनेछ ।
यस यात्रामा चार हजार मिटरको उचाइसम्म यात्रा गर्नुपर्नेछ । बासस्थानका रुपमा भने होमस्टे प्रयोग गर्न सकिन्छ । अथार मगरात (खाम मगर) क्षेत्रको मुख्य थलो रोल्पा, रुकुममा मगर समुदायको फरक संस्कार, संस्कृति, भाषा, भेषभूषाको अवलोकन, अध्ययन समेत गर्न सकिनेछ ।
यस पदयात्रामा पदयात्री, पर्यटन व्यवसायी, सरकारका प्रतिनिधि, पर्यटन प्रवर्द्धक, पत्रकार सहित ४० जनाको सहभागीता रहने समाजका सचिव महेश बुढाले जानकारी दिनुभयो ।
पदयात्राका लागी नेपाली नागरिकलाई १० हजार रुपैयाँ र विदेशी नागरिकलाई ३ सय ५० डलर शुल्क लाग्ने बताइएको छ ।
 

अभिलेखालय