• अहिले तरंगमाAaudhunik Songs
  • आगामी कार्यक्रमPradesh Bulletin

समाचार

‘काउन्ट मि’ अभियानको ¥याली सुर्खेतमा

 
सुर्खेत ६, साउन,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश शाखाले आज सुर्खेतमा ‘काउन्ट मि’ ¥याली निकालेको छ  ।
आईतवार विहान सुर्खेतको मंगलगढी चौकवाट सुरु भएको ¥याली पीपल चौतारामा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको छ । 
¥यालीलाई सम्वोधन गर्दै राष्ट्रिय अपाङग महासंघ नेपालका केन्द्रीय  सदस्य देवी दत्त जोशीले पुर्व निर्धारित कार्यक्रम अनुसार अपाङगताका सवाललाई सरकार समक्ष पु¥याउने ‘काउन्ट मि’ अभियान सुरु भएको वताए । 
उहाँले राज्यका विभिन्न अंगमा अपाङगता भएका व्याक्तिलाई स्थान दिन शान्ति पुर्ण ¥याली मार्फत सरकारको ध्यानकर्षण गराईएको उनको भनाई छ ।
‘आज कर्णाली सरकारका समाजिक विकास मन्त्रालय लगायत अन्य मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्र्यक्रम रहेको छ उनले भने ‘भोली कर्णाली प्रदेशका मुख्यमन्त्री लाई आफ्नो ३९ सुत्रिय माग राख्नेछौं ।’
¥यालीमा कर्णाली प्रदेशका आपङ्गता भएका व्याक्तित्वहरुको सहभागीता रहेको थियो । 
¥यालीमा सहभागीहरुले समाजमा अपाङगता भएकालाई स्थान दिऊ, ‘काउन्ट मी’, रोजगारीको व्यवस्था गर, अपाङग मैत्री कानुन निर्माण गर, निशुःल्क बिमाको व्यवस्था गर जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए ।
राष्ट्रिय अपाङग महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले देश संघिय संरचनामा गए पनि तीन वटै सरकारका संरचनाहरु अपाङग मैत्री वन्न नसकेको वताए ।
अपाङगता जतिबेला जो पनि बन्न सक्ने भएकाले पुर्वाधार विकासलाई पनि अपाङग मैत्री बनाउनु पर्नेमा उनको जोड छ ।
अपाङग महासंघले ७ वटै प्रदेशमा जनवकालतको लागि ‘काउण्ट मी’ अभियान संचालन गरेको छ । राज्यका सबै निकाय र अंगमा अपाङगता भएका व्यक्तिहरुको सम्मानजनक सहभागितालाई यो अभियानले आफनो एजेण्डा बनाएको छ ।
अभियानले अपाङग अवसर पाए सबै गर्न सक्छन र सबै ठाँउमा अपाङगको सहभागिता हुन आवश्यक छ भन्ने हिसाबले ‘काउण्ट मी’ अभियान सञ्चालन हुन लागेको राष्ट्रिय अपाङग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले जानकारी दिए ।
देशै भरी अहिले तिन वटै सरकारहरु कानुन बनाउन लागेकोले सबै ठाँउमा अपाङग मैत्री कानुन बनाउनका लागि दवाब दिने उद्देश्यले यो अभियान सञ्चालन हुन लागेको शर्माको भनाई छ ।
अहिले देशभर १.४९ प्रतिशत अपाङगहरु रहेको तथ्यांक छन् भने कर्णालीमा अलिे २.४३ प्रतिशत अपाङग भएको आधिकारिक तथ्यांक भएपनि अझै धेरै भएको अनुमान रहेको छ ।

अभिलेखालय