समाचार
कर्णालीको जडिबुडि र पर्यटन पाठ्यक्रममा समावेश गरिनु पर्छ : मुख्यमन्त्री शाही ।
सुर्खेत १४, मंसीर ,
कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शिक्षा व्यावाहारिक र सर्भसुलभ हुन आवश्यक रहेकोमा जोड दिएका छन् । अहिलेको शिक्षा व्यवहारिक नभई घोगन्ते भएको भन्दै मुख्यमन्त्री शाहीले शिक्षा प्रणाली पनि समय सापेक्ष परिवर्तन हुन जरुरी भएको बताए ।
सुर्खेतको बिरेन्द्रनगरमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव संकलन गर्न गरिएको कार्यशालामा बोल्दै मुख्यमन्त्री शाहीले भने ‘कर्णाली प्रदेशको पानी, जल, जडिबुडि र पर्यटन जस्ता विषय अबको पाठ्यक्रममा समावेश गरीनुपर्छ र सोही अनुसारको शिक्षा दिनु पर्छ ।’
अहिलेको शिक्षा प्रणाली श्रमलाई सम्मान गर्ने खालको नभएको भन्दै श्रम र रोजगार संग सम्बसिन्धत शिक्षा हुनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा कर्णालीका सामाजिक विकाश मन्त्री दल रावलले कर्णालीका १० बटै जिल्लाको सामाजिक, आर्थिक, र भौतिक पक्ष लाई अध्ययन गरी सोही अनुरुप पाठ्यक्रम निर्माण गर्न समितिको टोलीलाइ सुझाव दिए ।
‘अवको शिक्षा बेरोजगार उत्पादन गर्ने नभई गरिखाने र बजारमा विक्रि हुने खालको हुनुपर्छ,’ उनले भने अन्यथा विकास हाम्रो नारामा मात्र सिमित हुनेछ ।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको शिक्षामा परिवर्तन गर्न भन्दै गत असारमा स्थापना गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गएको ७ महिनादेखि सात वटै प्रदेशमा विज्ञहरुको सुझाव संकलन गरिरहेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका बरिष्ठ सदस्य श्यामकुमार श्रेष्ठले जानकारी दिए ।
संकलन गरिएको सुझावका आधारमा प्रतिवेदन तयार गरी मन्त्रालयले नयाँ शिक्षा प्रर्णाली लागू गर्ने उनले बताए । सुझाव संकलनमा कर्णालीका विभिन्न शैक्षिक संस्थाका प्रमुख निजि शैक्षिक संस्थाका प्रमुख, शिक्षक, स्थानिय निकायका प्रमुख लगायतकाहरु संग छलफल र बहस गरिएको छ ।




