• अहिले तरंगमा
  • आगामी कार्यक्रमOpening Tune

समाचार

कर्णाली योजना आयोगद्धारा स्थानीय तहसंग योजना माग

सुर्खेत १४, मंसीर , 
कर्णाली योजना आयोगले आफ्नो काम शुरु गरेको छ । पहिलो चरणमा स्थानीय तहका दिर्घकालिन र अल्पकालिन योजनाहरुको बारेमा जानकारी दिन कर्णालीका सबै स्थानिय तहमा पत्रचार गरिएको कर्णाली योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले जानकारी दिए । 
‘कुन स्थानीय तहका के कस्ता खालका योजना रहेका छन् ती कति दिर्घकालिन छन कति अल्पकालिन रहेका छन भनेर जानकारी लिनका लागि हामीले प्रदेशका स्थानिय तहहरुलाई पत्रचार गरेका हौं ।’ रोकायले भने ।
यो आर्थिक बर्षमा आयोगले अध्ययन र अनुसन्धान गर्ने र डकुमेन्टेसन गर्ने साथै बनेका योजनाको प्रभावकारी कार्यन्वयनका लागि सहयोग गर्ने डा. रोकायको भनाई छ ।
उहाका अनुसार अर्को बर्ष बाट मात्रै योजना आयोगको योजनाहरु अगाडि बढने छन् । अहिले विशेष गरी स्थानीय तहसंग लघुजलविद्युत आयोजनाहरुको पनि विषेश गरी अवस्था र सम्भावनाका बारेमा पनि जानकारी माग गरिएको उनले कताए ।
सबै स्थानीय तहबाट आएका योजनाहरुको अध्ययन गरी सकेपछि कर्णाली सरकारको ठूलो जलबिद्युत आयोजना संचालन गरिने समेत उनको भनाई छ ।
अहिले सम्म जे भो भो अब कर्णाली योयजना आयोगले समग्र योजनाहरु निर्माण गर्छ रोकायले भन्नुभयो अव देखी कुनै नेताको खल्ती बाट योजना निर्माण हुनेछैनन् ।  जनप्रतिनिधिको सल्लाह सुझाव र सिफारिस त हुने नै भयो तर पनि आवश्यक्ता र औचित्यको आधारमा मात्र योजना बन्ने छन् ।
गलत तरिकाले बजेट पार्ने र भ्रष्टचार गर्ने उद्देश्यले अब योजना निर्माण हुन नपाउने उनले बताए ।
 
 
 

अभिलेखालय