समाचार
सुर्खेतका तिन बालिका ४ दिन देखी सम्पर्कविहिन÷परिवारद्धारा खोजीगरिदिन आग्रह ।।
सुर्खेत १४, पौष । सुर्खेतको सिम्ता गाउँपालिकाका स्कुल गएका ३ बालिका चार दिन देखी घर फर्केका छैनन् । गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि हालसम्म अज्ञात अवस्थामा रहेका छन ् ।
साविक खानिखोला गाउँ विकास समिति वडा नम्वर ९ खान्मा, हाल सिम्ता गाउँपालिका वडा नम्बर ९ खानिखोला स्थायी घर भएका ति बालिकाहरु गत पौष १० गते मंगलवार देखि सम्पर्क विहिन रहेको पारीवारिक स्रोतले जनाएको छ ।
खानीखोलाका ९ का १४ बर्षिया बालिका निशा सिंहठकुरी, सोही ठाउँ की एकै घरका दुई बहिनी १५ बर्षिया यमुना खत्री, र उनकी बहिनी १२ बर्षकी रिसिमा खत्री रहेका छन ।
निशाकी आमा भगवती सिंहले र गत पौष १० गते दिउँसो १ बजे हाफ टाईमको समयमा कापी बिर्सियो भनेर घर आएको र फेरी स्कुल गएकी छोरीको हालसम्म अत्तोपत्तो नभएको बताउनुभयो ।
उनि संगै यमुना खत्री र रिसिमाका २ बहिनी पनि हाफ टाईममा निशाको घर आएको र फेरी स्कुल गएदेखी नफर्किएको उहाको भनाई छ ।छोरीहरु बेलुकी घर नआएपछि आफन्त हरुको घरमा सोध्दा नभेटिएपछि सोही दिन राती प्रहरी चौकी आलीमा खबर गर्दा समेत प्रहरीले वेवास्ता गरेको भगवतीले गुनासो गर्नु भयो ।
सुर्खेतको छिन्चु क्रस गरेर कोहलपुर सम्म गएको र त्यहाँबाट बुटवल जाने भनेर कुनै गाडीमा चढेको प्रारम्भीक रिपोर्ट आएको छिन्चु ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरज चौलागाईले जानकारी दिनुभयो । थप गहिराईमा गएर अनुसन्धान गरिरहेको उहाको भनाई छ । हराएका वालिकाको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् ।




